कानुनसम्मत ढंगले रेशमलाई रिहा गर्छौ : प्रचण्ड

काठमाडौं २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताए ।

प्रतिनिधिसभामा विश्वासको मत मागेका उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै संसदबाट कानुन बनाएर रेशम चौधरीलाई रिहा गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री प्रचण्डले भने ‘तराई मधेश अन्य राजनीतिक दलसँग विगतमा भएको समझदारीका आधारमा अध्यादेश बनाएर रेशम चौधरीसहित नेता कार्यक्र्तालाई छुटाउछौं । तर संसद सुरु भइसकेकाले अब संसदबाटै कानुन बनाएर रिहाइ गर्नेछौं ।’

रेशम चौधरीको मुद्दा अदालतमा पुगिसकेका कारण केही जटिल रहेको भन्दै उनले भने, ‘ऐनको समुचित व्यवस्था गरेर अन्यायपूर्ण रुपमा बन्दी बनाइएकाहरुलाई छुटाउने पहल गर्छौं ।’