उन्मुक्तिलाई काँग्रेसको मुख्यमन्त्री प्रस्ताव
उपसभामुख र तीन मन्त्रीको अश्वासन
काठमाडौं, २६ पुस । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने प्रस्ताव राखेको छ । सुदूरपश्चिम प्रदेशको सरकार बनाउन डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटेर कांग्रेस नेताहरूले सो प्रस्ताव गरेका हुन्।
नागरिक उन्मुक्ति पार्टीका एक नेताका अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित उपसभामुख र तीन मन्त्रालयको जिम्मेवारी लिनसमेत प्रस्ताव गरेको छ। ुकांग्रेसले हामीलाई सरकार बनाउन र उपसभामुखसहित तीन मन्त्रालयको प्रस्ताव गरेको छ,ु ती नेताले भने। उनका अनुसार नागरिक उन्मुक्तिले यसबारे भोलि (बुधबार) निर्णय लिनेछ ।
सुदूरपश्चि प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्ने भोलि अन्तिम दिन पनि हो। यद्यपि नागरिक उन्मुक्ति पार्टीले संघमा गठबन्धनलाई समर्थन गरेको छ। रेशम चौधरीको रिहाइ नगरेसम्म सुदूरपश्चिम र लुम्बिन प्रदेशमा कसैलाई समर्थन नगर्ने नीति नागरिक उन्मुक्तिले लिएको हो। अन्नपूर्णबाट ।













