तराईमा आजपनि बाक्लो हुस्सु र कुहिरो
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसले गर्दा आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, तराईका केही भूभागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने जनाएको छ। जसले गर्दा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात पनि प्रभावित हुनसक्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकोे छ। देशका बांकी भूभागमा भने आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
आज दिउसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको आकलन छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ।
यसैगरी, आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।













