पेट्रोलियम प्रर्दाथको मूल्य घट्यो
नेपाल आयल निगमले पुस २४ गते मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ३–३ रुपैयाँ घटेको हो। समायोजित मूल्य अनुसार पेट्रोल १७५ रुपैयाँ, डिजेल १७२ र मट्टितेल १७२ रुपैयाँ पाइने भएको छ।
यसैगरी, हवाई इन्धनको मूल्य पनि घटेको निगमले जनाएको छ। वाहृय हवाई इन्धनको प्रतिलिटर मूल्य रु। ३० र आन्तरिक इन्धनको प्रतिलिटर मूल्य रु. २० घटेको हो।














