क्रसर उद्योगले नियमविपरीत गिट्टी प्रशोधन
धनगढी, २४ पुस । कैलालीको एक क्रसर उद्योगले नियमविपरित गिट्टी प्रशोधन गर्दै आएको छ । गोदावरी नगरपालिका–६ लालपुरमा रहेको शिवशक्ति बालुवा प्रशोधन केन्द्रले नियमविपरीत गिट्टी पनि प्रशोधन गर्दै आएको हो ।
सो उद्योगले बालुवा प्रशोधनको अनुमति मात्रै लिएको तर गिट्टी पनि प्रशोधन गर्दै आएको अनुगमन टोलीले जनाएको छ ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीकाको नेतृत्वमा कैलालीका केही क्रसर उद्योगको अनुगमन गरिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बालुवा प्रशोधनको अनुमति लिएर गिट्टी प्रशोधन गर्नु नियमसंगत नरहेको बताए ।
उनले भने ‘यो उद्योगको काम नियमसंगत देखिएको छैन ।’ उनका अनुसार धनगढी उपमहानगरपालिका–११ स्थित बेलामा रहेको कालिका कन्स्ट्रक्सनले अनुमतिपत्र बिना ढुंगा, बालुवा संलन गरिरहेको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिका–११ बासखेडामा रहेको उच्च कोटी आरएमसी इन्जिनीयरिङसँग पनि नदीजन्य पदार्थ संलन गर्नका लागि कागजपत्र नरहेको टोलीले जनाएको छ । दुई उद्योगले अनुमतिको कागजपत्रबिनै नदीजन्य पदार्थ उत्खनन र संलन गरिरहेको अनुगमन टोलीले जनाएको छ । दुवै उद्योगका सञ्चालक भने नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।
अनुगमन टोलीमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, डिभिजन वन कार्यालयका अधिकारीलगायतको सहभागिता थियो ।













