प्रदेशकै कान्छी सांसदको आकर्षक योजना
कञ्चनपुर, २१ पुस । सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सांसदहरुको कमिति हुन्छ । ती सबै भन्दा सानो उमेरका सांसद हुन गिता चौधरी । उनी आफू सांसद भएपछि अबको योजना कस्तो बनाउने भन्ने विषयमा विज्ञहरुसंग सुझाव बटुल्दै हिडिरहेकी छिन् ।
उसरी त उनी अघिल्लो शुक्रबार सुदूरपश्चिम प्रदेशसभा भवनबाहिर सबैको ध्यायन आफूतिर तान्न सफल भएकी थिईन् । प्रदेशसभाको दोस्रो कार्यकालका लागि नवनिर्विाचित सांसदहरू शपथग्रहणका लागि उपस्थिति हुँदैगर्दा उनी थारु पहिरनमा सजिएर उपस्थित भएकी थिईन् । त्यहि पहिरनले उनी सबैको ध्यान आफूतिर खिच्न सफल भएका हुन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा न. ६ स्थित सिंहपुरमा जन्मेका सांसद गीता चौधरी समानुपातिकबाट छनौटमा परेका हुन् । उनी पाँच वर्षअघि पनि समानुपातिकको बन्दसूचीमा नाम पार्न सफल भएकी थिईन तर पार्टीको आन्तरिक कारणले छनोटमा परिनन् । यस पटक भने उनी सांसद बन्न सफल भईन् । उनी अहिले ३३ वर्षका भईन् ।
उनी भन्छिन् ‘म नेपाली कांग्रेसबाट प्रदेशसभामा समानुपातिक सांसद भएपनि यस क्षेत्रको लागि सबैको साझा जनप्रतिनिधि हुँ । उसरी त म थारू समुदायबाट एक्लो छुँ तर पनि यहाँको विकासकोलागि पूर्णरुपले खट्ने छुँ ।’
उनले थारु समुदायको भाषा, कला, संस्कृतिको दस्ताबेजीकरण गर्ने, संरक्षण तथा सम्बद्र्धन गर्नकोलागि कस्तो योजना बनाउँनुपर्छ भनि सम्बन्धित विज्ञशरुसंग छलफल गरिरहेको बताउँछिन् । उनी अहिले थारु समुदायमा बढिमात्रमा देखिएको सिकलसेल रोगलाई न्यूनिकरणकालागि विभिन्न खाले कार्यक्रमको प्याकेज बनाएर अगाडी बढ्ने योजना बुनेको बताउँछिन् ।

थारु पहिरनमा सांसद गिता चौधरी साथीहरुसंग फोटो खिचाउँदै
पछिल्लो अवस्थामा सिकेलसेलका विरामीहरुलाई राज्यले एक लाख रुपैयाँ सम्मको उपचार गर्ने नीति ल्याएको छ तर यो नीति नै अप्रयाप्त भएको बताउँदै उनले भनिन् ‘सिकेलसेल विरामीहरुको परिक्षण निशुल्क हुने, त्यस्ता विरामीहरुलाई सरकारले नै आजिवन उपचार गर्ने नीति ल्याउनुपर्छ, यो सवालमा म पूर्णरुपले प्रतिवद्ध छु ।’
सांसद गिता चौधरीले सुदूरपश्चिम प्रदेशका महिलाहरुलाई आर्थिकरुपमा सक्षम बनाउन प्रदेश सरकारलाई नीतिगतरुपले अगाडी बढ्उन पहल गर्ने योजना तयार पारिरहेको बताईन् । पालिकाले हिंसा प्रभावितहरुको लागि सुरक्षित अवासगृह स्थापना गरेपनि पूर्णरुपले कार्यन्यान नभएको बताउँदै प्रदेश सरकारबाटै नीति बनाएर त्यस्ता अवासगृहलाई व्यवस्थित गर्ने बताउछिन् ।
थारु समुदायमा प्राथमिक तहको शिक्षामा बालबालिकाहरुको सहभागिता १०० प्रतिशत देखिएपनि उच्चशिक्षा सम्म पुग्दा सहभागिता न्यून हुने भएकोले यस्तो समस्यालाई रोक्न अभिभावकहरुलाई नै जागरुक बनाउन जरुरी रहेको बताउँछिन् । उनले परम्परागत शिक्षालाई व्यवसायीक शिक्षामा बद्ल्न प्रदेश सरकार नीतिगतरुपले अगाडी बढाउनु पर्ने बताउछिन् ।
उनले भनिन् ‘मलाई जिम्मेवार ठाउँमा उभिएर कृषि, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा काम गर्ने ठूलो इच्छा थियो, यस पटक जिम्मेवारी पाउँदा पार्टीले आफूलाई न्याय गरेको अनुभुति भईरहेको छ ।’ अब जनताको हकहितमा काम गर्नेछु । हाम्रो पार्टी प्रतिपक्षमा रहे पनि सुदूरपश्चिमको विकास र सकारात्मक परिवर्तनकोलागि सधैं पहलसँगै निगरानी गर्नेछु ।
उनी सानै उमेरमा विबाह गरेपनि स्नातकोत्तर सम्म अध्ययन गर्न सफल भईन् । सांसद चौधरीले यसअघि लामो समय स्थानीय विद्यालयमा अध्यापन पनि गरिन् । त्यसपछि उनले सिंहपुर सामुदायिक वनमा पनि कोषाध्यक्ष भएर काम गरिन् । सिंहपुर कृष्णपुरकै नमुना सामुदायिक वन हो । त्यससंगै उनी राजनीतिरुपले आफ्नो करियर बनाउन तर्फ लागिन् । उनी भन्छिन् ‘म किसानको छोरी भएर हुँर्किरहदा ग्रामीण भेगका पीडा राम्रोसंग बुझेकी छु, किसानका पीडामा मलम पट्टि गर्ने मेरो प्रयास हुनेछ ।’
उनको निर्वाचन क्षेत्रमा मुक्त कमैया, मुक्त हलिया, बाढीपीडितदेखि आरक्ष विस्थापित र सुकुम्बासीका शिविरहरू छन् । यी सबै समस्याको समाधान गर्न निरन्तर प्रयासरत हुनेछु ।













