काँग्रेसले सुदूरपश्चिममा दलको नेता छान्न निर्वाचन समिति बनायो

कैलाली । सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दल छनोट गर्न पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा तयार गरिएको निर्वाचन समितिमा अर्का उपसभापति जनक राज चौधरी सदस्य रहेका छन् ।

समितिमा महामन्त्री नरनारायण शाह मनु, प्रदेश सदस्य सुरत रावत र रामबहादुर देउवा सदस्य रहेको प्रदेश सभापति वीर बहादुर बलायरले जानकारी दिए । उनले एक विज्ञप्ति जारी गरि संसदीय दलको नेता एवम् संसदीय दल कार्य समितिको निर्वाचन सम्पन्न गर्न समिति गठन गरिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा सहमति जुट्न नसकेपछि निर्वाचन गर्ने तयारीमा जुटिएको हो । अहिलेसम्म बैतडीबाट निर्वाचित शिवराज भट्ट, कञ्चनपुरबाट निर्वाचित बहादुर सिंह थापा र दिवान सिंह विष्ट अछामबाट निर्वाचित मेघराज खड्का र मानबहादुर रावल, कैलालीबाट निर्वाचित प्रकाश बहादुर देउवा र कमल बहादुर शाहले संसदीय दलको नेतामा दाबी गरिरहेका छन् ।

दलको नेता चयनका लागि बैठकमा आकांक्षीहरुलाई धारणा राख्न समय दिइएको थियो । ६ जनाले ले धारणासहित दलको नेताका लागि दाबी प्रस्तुत गरेका थिए भने एक जना भने बैठकमा नै उपस्थित भएन्न । बैठकमा उपस्थिति नभएपनि फोन गरेर दाबी प्रस्तुत गरेको थिए ।

दलको नेता सर्वसम्मत रुपमा चयन गर्न प्रदेश पदाधिकारीले सुझाव दिएपनि बैठकमा आकांक्षीहरुलाई एक जनाको नाममा सहमति गर्न भनिएको थियो तर उनीहरुबीच सहमतिको वातावरण नबेपछि बैठक टुंगिएको थियो ।