सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई पुस १५ गते शपथ गराउने
कैलाली ७ पुस । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई पुस १५ गते शपथ गराउने मिति तय भएको छ ।
प्रदेश प्रमुख देवराज जोशीको परामर्शमा ज्योतिषीसँग साइत जुराएर पुस १५ गतेका लागि शपथ गराउने दिन तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवायले पुस ११ गतेको मिति तय गरिएको थियो तर आवश्यक तयारी नभएपछि उक्त दिन स्थगित गरेर १५ गते सारिएको हो ।
शरुमा प्रदेश प्रमुख जोशीबाट नवनिर्वाचित प्रदेश सांसद मानबहादुर रावलले शपथ लिनेछन् । सोही दिन अन्य अन्य ५२ जना प्रदेश सांसदहरुलाई रावलले शपथ गराउने प्रदेशसभा सचिवालयले जनाएको छ ।













