महिलामाथि हुने भेदभाव उल्मूलन सम्बन्धी महासन्धि अभिमुखीकरण
कैलाली ४ पुस । महिलामाथि हुने सबै प्रकारको भेदभाव उल्मूलन सम्बन्धी महासन्धि अभिमुखीकरण सम्पन्न भएको छ । दलित महिला अधिकार मञ्च नेपालको आयोजना र डिसीएको सहकार्यमा अभिमुखीकरण सम्पन्न भएको हो ।
महिलामाथि हुने भेदभावको अन्त्य गराउने उद्देश्यले सो अभिमुखीकरणको आयोजना गरिएको मंञ्चका अध्यक्ष सावित्रा घिमिरेले बताइन् ।
अभिमुखीकरण कार्यक्रममा अधिवक्ता सविन श्रेष्ठको प्रस्तुती रहेको थियो । उनले सिडमा के कस्तो बुँदाहरु उल्लेख भएको छ र नेपाल सरकारले उल्लेखित बुँदामा रहेर कतिको कार्यन्वय गरिरहेको छ भन्ने बारेमा छलफल गरिएको थियो ।













