लागुऔषधसहित दुई जना पक्राउ

धनगढी, ३ पुस । लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोड नजिकबाट जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले समातेको हो। पक्राउ पर्नेमा बझाङको खप्तडछान्ना गाउँपालिका ३ घर भई धनगढी उपमहानगरपालीका ८ कैलालीगाउँ बस्ने १९ वर्षीय क्षितिज रावल र बझाङको छविस पाथीभरा गाउपालीका २ बस्ने जक्सन रोकाया रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनीहरुको साथबाट ८०० ग्राम चरेस फेला परेको थियो ।