अत्यादेश कार्यन्वयन : केन्द्रको आन्दोलनमा कैलालीको समर्थन

कैलाली, २८ मंसिर । थारू संघ संस्थाहरूले टीकापुर घटनाका आरोपित रेशम चौधरी लगायतको मुद्दा फिर्ता गर्न मिल्ने गरी सरकारले ल्याएको अध्यादेश पारित गर्नुपर्ने माग राख्दै मंगलबारदेखि काठमाडौंमा शुरु भएको आन्दोलनलाई कैलालीले पनि समर्थन जनाएको छ ।

थारूहरुको साझा संस्था थारू कल्याणकारिणी सभा केन्द्रीय आन्दोलन परिचालन समितिले अह्वान गरेको सांकेतिक आन्दोलनमा कैलालीका संस्थाले सर्थन जनाएको हो ।

सोही आन्दोलनमा कैलालीबाट थाकस, थारु विद्यार्थी समाज र थरुहट मोर्चाले सयूक्त विज्ञप्ती जारी गर्दै आन्दोलनमा पूर्ण समर्थन र एक्यबद्धता जनाएको छ ।

विज्ञप्तीमा यहि मंसिर २७ गते नेपाल सरकारले ल्याएको अत्यादेश सकारात्मक र स्वागत योग्य छ । संसदको निरन्तरताको बखत टीकापुर मुद्दा समाधान र यसै सन्दर्भमा बनेको उच्च स्तरिय लालआयोग प्रतिवेदन सार्वजनिक गरि देशमा शान्ति स–व्यवस्था गरिपर्ने उल्लेख गरिएको छ ।

यस्तै टीकापुर घटनाको झुठा मुद्दा लगाइएका थारु नेता तथा कार्यकर्ताहरुको मुद्दा फिर्ता एवम् अविलम्ब रिहाई, अत्यादेशको पूर्ण समर्थन र कार्यन्वयको जोेडदार माग गरेको छ ।