अध्यादेश पारित गर्न माग राख्दै थारू संघ संस्थाद्वारा माइतीघर मण्डलामा प्रर्दशन

कैलाली, २८ मंसिर । थारू संघ संस्थाहरूले टीकापुर घटनाका आरोपित रेशम चौधरी लगायतको मुद्दा फिर्ता गर्न मिल्ने गरी सरकारले ल्याएको अध्यादेश पारित गर्नुपर्ने माग राख्दै मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै आईरहेका छन् ।

थारूहरुको साझा संस्था थारू कल्याणकारिणी सभा, थरुहट थारुवान संघरसमिति, थरुहट मोर्चा लगायत विभिन्न दलका थारु नेताहरुले अध्यादेश पारित गर्न माग राख्दै देशभर आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेका छन् ।

सरकारले ल्याएको अध्यादेश पारित गर्न ढिलाइ गरेकाले आफूहरू आन्दोलनमा होमिनुपरेको नागरिक उन्मुक्तिका केन्द्रिय सदस्य इन्दु थारुले बताईन् । उनले भनिन् “सरकारले ल्याएको अध्यादेश स्वागतयोग्य छ । ” अध्यादेश पारित नहुँदासम्म आन्दोलन जारी रहने उनको भनाई थियो ।