प्रधानमन्त्री देउवाद्वारा दिउसो २ बजे सुदूपश्चिम महोत्सवको उद्घाटन हुने

कैलाली, २२ मङ्सिर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज धनगढी आउन लागेका छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १६औँ संस्करणको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री देउवा आज धनगढी आउन लागेका हुन् ।

कैलाली उद्योग वाणिज्य संघका अनुसार आज प्रधानमन्त्री देउवाबाट दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।