हाम्रा माग सम्बोधन भए सरकारमा जान्छौं : रञ्जिता

नागरिक उन्मुक्ति पार्टी यसैवर्ष चुनाव लडेको हो । २०७२ सालको भदौ ७ गते भएको टीकापुर घटना पछि जेलमा रहेका रेशमलाल चौधरी संरक्षक रहेको यस पार्टीको अध्यक्ष रेशकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी छिन । स्थानीय निर्वाचनमा कैलालीका ४ वटा स्थानीय तहमा जितेको यस पार्टीले प्रतिनिधि सभामा ३ सीट र प्रदेश सभामा समानुपातिक सहित ७ सीट जितेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रामजनम चौधरीलाई भारती मतान्तरले पराजित गर्दै प्रतिनिधि सभामा जितेकी छिन । सुदूरपश्चिम भरी प्रतितिधि सभामा प्रत्यक्ष निर्वाचन जित्ने पनि उनी नै हुन । प्रदेश सरकारमा सहभागिताको सम्भावना न्युन रहेपनि, संघीय सरकारमा भने सहभागि हुने रञ्जीताले बताएकी छिन । अन्नपूर्ण दैनिकका सुदूरपश्चिम ब्युरो प्रमुख शिवराज भट्टले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीसँग गरेको कुराकानी …

एकातिर सत्ता गठबन्धन, अर्कोतिर ठुलो दल नेकपा एमालेको उमेदवारी, तपाई कसरी यत्ती धेरै मतान्तरले जित्नु भयो ?

– तपाईले भनेको सत्य हो । पाँच दलीय सत्ता गठबन्धनको बलियो उमेदवार मेरो प्रतिस्पर्धी हुनुहुन्थ्यो, काँग्रेसका रामजनम चौधरी । पटक पटक मन्त्री पनि भईसकेका हेवीवेट नेता पनि । धेरै पटक थारु पकेट क्षेत्रबाट जितेका पनि । पटक पटक चुनाव लडेको अनुभव भएका नेता पनि उहाँ हुनुहुन्छ । चुनावमा समुदायको मतको फरक त परिहाल्छ, त्यसैमा दुबै जना थारु समुदायका उमेदवार मत बाँडीने पनि सम्भावन थियो । तर जनताले माया गरे । मतदाताले मलाई योग्य ठान्नु भयो । मतदाताको विश्वासले म जिते । अर्कोतिर सबैभन्दा ठुलो दल नेकपा एमाले पनि थियो । राम्रो संगठन भएको पार्टी । यी दुबै चुनौतीलाई पार गरे । विगतका ५ वर्षमा रेशम चौधरीले जितेको स्थानमा विकास नभएको, जनप्रतिनिधि नभएको कुरा जनतालाई सम्झाए । उनीहरुले, अबको कार्यभार मलाई दिए ।

चुनाव जित्ने रणनीति के के बनाउनु भएको थियो ?

त्यसो खासै रणनीति त थिएन । तर मैले स्थानीय तहमा हाम्रो पार्टीले पाएका मतहरुको विष्लेषण गरे । अरु दलका पकेट क्षेत्रहरुमा पसेर केही भएपनि आफ्नो पक्षमा मत पार्ने प्रयास गरे । जता गएपनि मैले राम्रो सुझाव र समर्थन पाए । चुनावी रणनीति भन्दा पनि म मेरो मतदाताहरु प्रति बिस्वस्त थिए, अनी मेरा मतदाता हरु म प्रति । परिणाम राम्रो आई हाल्यो नी ।

जनता माझ जाँदा तपाईका एजेन्डा के के थिए ?

–जनता माझा जाँदा मेरो विकास निर्माणकै एजेन्डा थिए । हाम्रो क्षेत्रमा राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिचाई आयोजना बन्दैछ । त्यसलाई समयमा सम्पन्न गराउन सके लाखौ किसानले सिचाईको सुविधा पाउछन । मैले त्यस योजनालाई छिटो सम्पन्न पनि गराउनु छ । टीकापुरमा अझै राम्र्रो अस्पताल छैन, शिक्षालय छैन । क्षेत्र नम्बर १ का जनता कर्णाली र अरु सहायक नदीको कटानले आजित छन । मैले तटबन्धनका कुराहरु गरे । मलाई त्यसै पनि थाहा छ, म मिडियामा हुँदा पनि मैले जनताका समस्याहरु देखेकी थिए । थारु संस्कृतीको पहिचनाका मुद्धा, रोजगारीका कुराहरु लिएर म जानता माझ गएको थिए ।

पुरा हुन्छन, त अब ती ऐजेन्डा ?

–अवश्य, म ५ वर्षमा मैले गरेका बाचा पुरा गर्छु । कैलालीको १ नम्बर क्षेत्र ५ वर्ष जनप्रतिनिधि विहीन भयो । यस क्षेत्रमा विकास बजेट आएन । संसदले पाउने कोषको रकम पनि यो क्षेत्रमा आएन । एक सांसदले ६ करोड वर्षका पाउछ । पाँच वर्षमा ३० करोडका त पुर्वाधारकै कामहरु हुन सकेनन । अब म त्यसको क्षतीपुर्ती सहितको बजेट माग्छु । अबको ५ वर्ष जनताका तीनै मागहरु, समस्याहरुका लागि त खटिने हो नी ।

नागरिक उन्मुक्ति पार्टीले जातीय नारा लगायो भन्छन नी, विपक्षीहरुले ?

– हो यही थारुहरु प्रतिको अन्याय र समाजको सोच हो भन्छु म त । कुनै जातीय नारा छैन । मैले पाएको ३० हजार ४०४ मत के थारुको मात्र हो ? हाम्रो पार्टीलाई घरी थारुको पार्टी, घरी पहाडिया पार्टी भनेर आरोप लगाईन्छ । मैले निर्वाचन लडदा पनि रञ्जिता त पहाडी हो, श्रेष्ठको छोरी हो भनेर जातीय नारा लगाईयो । तर नागरिक उन्मुक्ति पार्टी समावेशी पार्टी हो । यसमा कुनै जातजातीको कुरा छैन । हाम्रो पार्टीबाट थारु बाहेकका उमेदवारहरु चुनावमा उठेनन त ?

चुनावमा त उठे, तर हारे त ?

हैन चुनावमा सबैले जित्छ भन्ने छैन । चुनाव भनेको हार वा जीत त हो । कहिले जितन्छ तहिले हारिन्छ । समानुपातीकमा हाम्रो पार्टीबाट खस आर्यबाट उमेदवारहरु परेका छन । अनी कसरी जातीय पार्टी भन्ने ? म त भन्छु त्यो आरोप लगाउनेहरु नागरिक उन्मुक्ति पार्टीको जनमत देखेर आत्तिएका हुन ।

जातीय मुक्ति र टीकापुर घटनाका कैदी बन्दीको रिहाई बाहेकको ऐजेन्डा नै छैन भन्छन, विपक्षीहरु । के भन्नुहुन्छ ?

– गलत हो । ऐजेन्डा विकासका छैनन । मैले अघि तपाईलाई भनिसके नी तर जातीय पहिचान पहिलो ऐजेन्डा भने हो । थारु समुदाय थिचोमिचोमा छ । उ पछाडि परेको आदीबासी समुदाय हो । यो कुरा त सबैलाई थाहा छ नी । अनी हामीले, हाम्रो पहचानको लडाई नलडने ? अहिले आएर हामी बोल्ने ठाउँमा आएका छौं । टीकापुरका जस्ता हिंसात्मक अरु घटना नेपालमा हुदै भएनन ? भए नी । तर ती सबै राजनीतिक भए । नेताहरुलाई जेल कोचिएन । तीनै नेताहरु, सांसदद भए, मन्त्री भए । तर निर्दोश थारुहरुले गरेको पहिचानको आन्दोलन आपराधिक बनाइयो । थारुहरुलाई आजीवन जेल हालियो । यो विभेद होईन ? थारु भनेर नै यो गरिएको होईन ? त्यसैले पहिचानका लागि हाम्रो पार्टी संघर्षमा छन ।

टिकापुर घटनापछि थारु मतादाता एकमत भएका होईनन र ? यसलाई जातीय नारा भन्न मिलेन त ?

म थारुको मतले मात्र बिजय भएको भए, यस्तो कुरा गर्न मिल्थ्यो । तर म सबैको मत पाएर यो स्थानमा छु । मलाई मतदान गर्ने ३० हजार ४०४ जनता मात्र थारु हुन र ?? अनी कसरी जातीय नारा भन्न मिल्यो ? जातीय नारा भनेको चाही हो के ? राम्रो उमेदवार चुनावमा आए मतादाता एकमत भई हाल्छन नी । अहिले नयाँ आएका दलहरुले ल्याएको देशब्यापी जनमत हेर्नुस न । झण्डै ठुला पार्टी सच्चिएनन भने भविष्यमा ढल्दैनन, उनीहरु ? त्यसैले जनमतलाई जातीय रुपमा चित्रण गरिनु हुदैन ।

रेशम चौधरीले जिते लगत्तै जेल परे, क्षेत्र नम्बर १ जनप्रतिनिधि विहीन भयो ? यस क्षेत्रको विकासका लागि तपाईको प्रार्थमिकताहरु के हुन्छन ?

–२०७२ साल को टीकापुर घटना पश्चात २०७४ सालमा भएको चुनाबमा ३४ हजार ३४१ मत पाएर पनि रेशम जीलाई जेल हालीयो । जनताले अनुमोदन गरेको ब्यक्तिलाई जेल हाल्ने राज्यबाट के आशा गर्ने । त्यसपछि कैलाली क्षेत्र न १ जनप्रतिनिधिबिहिन भएर ५ बर्स बित्यो । अब यस क्षेत्रले आफÞनो अभिभाबक रोजÞी सकेको छ । पाईसकेको छ । मेरो प्राथमिकता अब यस छेत्रको बिकास रोजÞगार, शिक्षा अनी स्वास्थ्यको लागी कÞानून निति अनी बिधी निर्माणको लागी हूनेछ ।

सरकारले रेशम चौधरीको रिहाई गर्छु भन्छ, यो सरकार, यसअघिका सरकारले पनि भन्यो, किन छोडदैन के ? समस्या काँ नेर हो ?

सरकारको कुरा हामिले पनि बुझन सकेका छैनौ । जब÷जब सरकारलाई रेशम चौधरीको अवश्यकता पर्छ छूटने अनी छूटाउने चर्चा चल्छ । अनी त्यसै सेलायर जान्छ । समस्या सरकारमै छ, हामीलाई सरकारको कुरा झन के थाहा हुनु । अब सरकारलाई प्रश्न सोध्ने स्थानमा पुगिएको छ । अब प्रश्न उठला ।

टीकापुर घटना पछि यत्रो पार्टी जन्मीयो, यत्रो जनमत पनि पायो ? संघीय सरकारमा सहभागि हुनुहुन्छ ?

नागरिक उन्मुक्ति पार्टी संघीय सरकारमा जान्छ तर सरकारले हाम्रो माग र मुद्दालाई सम्बोधन गर्नुप¥यो ।

सुदूरपश्चिम प्रदेशमा पनि ७ वटा सीट आएको छ । सरकारमा जाने हो ?

मैले भनिसके नी, सरकारमा जानको लागी हाम्रो माग अनी मुद्दालाई सरकारले सम्बोधन गर्छ सुन्छ भने हामी सहभागी हुन्छौ ।

अन्तमा आम मतदातालाई केही भन्नु छ ?

अन्त्यमा म मेरा सम्पूर्ण मतदाताहरुलाई हृदय बाट नै धन्यवाद दिन चाहान्छु । जून अपेक्षा राखेर मलाई बिजय गराउनु भएको छ । अवश्य पनि तपाईहरुको अमूल्य मतको कदर हुनेछ । कैलाली क्षेत्र न १ को बिकास, शिक्षा, स्वास्थ्य, रोजÞगारीको लागि म नीति अनी विधी निर्माण गर्नेछु । तपाईका हरेक समस्याको समाधानका लागि खटिनेछु भन्न चाहन्छु ।