सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्रीबाट हुने
कैलाली, २० मंसिर । यहि मंसिर २२ गतेदेखि शुरु हुने ‘सुदूरपश्चिम महोत्सव’को उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने भएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ को पशुपति टोलमा आयोजना भईरहेको महोत्सवमा व्यापारिक स्थल रमाईलो मेला सांस्कृतिक कार्यक्रक लगायत स्थानीय कला संस्कृति र पहिचानको प्रर्वद्धन तथा संरक्षणकोलागि २०६३ देखि नै निरन्तर सञ्चालनमा छ ।
महोत्सव उद्घाटनकोलागि कैलाली उद्योग वाणिज्य संघको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै निमन्त्रणा गरिसकेको अध्यक्ष पुष्प कुँवरले जानकारी दिए । उनका अनुसार महोत्सवको तयारी पनि ९० प्रतिशत नै पुरा भईसकेको बताए ।
‘दिगो विकासका लागि आर्थिक सम्वृद्धि’ मुल नारासहित आयोजना हुने महोत्सवमा चर्चित लोक तथा दोहोरी गायकहरु आउने भएको अध्यक्षले बताए ।
उनका अनुसार महोत्सव अवधिभरि नै स्थानीय कलाकार, थारु, राना थारु र पहाडी समुदायको कलासंस्कृति झल्किने नाच गान, खानपिन, स्कुलका बालबालिकाहरुको प्रतिभालाई प्रोत्सहान गर्न प्रतियोगिता जस्ता कार्यक्रमलाई प्राथमिकता दिने भएको छ ।
महोत्सवमा सर्वसाधारणका लागी १०० रुपैयाँ टिकट र विद्यार्थीहरुलाई आइडि कार्ड मार्फत ५० प्रतिशत छुट दिइने आयोजकले निर्णय गरेको छ ।













