समानुपातिक तर्फ १ करोड ४ लाख सदर मत गणना हुँदा कसको कति ?

काठमाडौं,१७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ सदर मत गणना भएको छ ।
शनिबार दिउँसो सवा २ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) ले अग्रस्थान कायमै राखेको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भए अनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने, नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ ।
माओवादी केन्द्रले ११ लाख ६१ हजार ८८० मत पाएर तेस्रो स्थान कायम राखेको को छ भने, ११ लाख २३ हजार ७८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पाँच लाख ८६ हजार २५९ मत, जनता समाजवादी पार्टी (जसपा) ले चार लाख २० हजार ९४३ मत पाएको छ ।

यस्तै जनमत पार्टीकोे तीन लाख ९४ हजार ३८५ मत, नेकपा (एकीकृत समाजवादी) को  दुई लाख ९४ हजार १०० मत, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ६५८ मत पाएको छ भने, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को एक लाख ६७ हजार २८० मत रहेको छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् ।