बाजुरामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित
बाजुरा, १६ मंसिर । बाजुरामा बिहीबारदेखि सुरु भएको मतगणना रोकिएको छ । हिमाली गाउँपािलकाका चार वटा मतदान केन्द्रमा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित भएको हो ।
निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना मुचुल्का भन्दा बढी मत भेटिएपछि रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए।
उनका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणना भइरहको बेला मुचुल्का भन्दा ४० मत बढी भेटिएपछि मतगणना रोकिएको हो । एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् । पछिल्लो परिणाम अनुसार पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत पाएका थिए ।













