प्रत्यक्षबाट सुदूरपश्चिमकी एक्ली सांसद बनिन् रञ्जिता

धनगढी, १४ मंसिर । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहेका महिलामध्ये एक जना मात्रै निर्वाचित भएकी छन् । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी हुन । उम्मेदवार भएका अन्य सबै महिला नेत्री पराजित भएका छन् । प्रदेशभरिबाट जम्मा १३७ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये ११ जना उम्मेदवार महिला ९८ प्रतिशत० थिए । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष चौधरीले कैलाली–१ बाट विजयी भएकी छन् ।
उनले १२ हजार ३२३ मतान्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरिन । विजयी चौधरीले ३० हजार ४०४ मत प्राप्त गरिन । पराजित चौधरीले १८ हजार ८१ मत पाए ।