कैलाली–२ मा नागरिक उन्मुक्तिका अरुण चौधरी पुनः अगाडी
धनगढी, ९ मंसिर । कैलाली निर्वाचन क्षेत्र नं २ मा नागरिक उन्मुक्तिका प्रतिनिधि सभा सदस्य उम्मेदवार अरुण चौधरीले पुनः अग्रता कायम राखेका छन्। शुरुवाटीदेखि नै लिड गरिरहेका चौधरी विचमा तेस्रो स्थानमा झरेका थिए ।
प्रतिनिधि सभा सदस्य तर्फको ४० हजार ६३५ मत गणना हुँदा अरुणले १५ हजार ७० छ मत पाएका छन्। एमालेका उम्मेदवार झपड रावलले १० हजार ५९६ मत पाएर दोस्रो स्थानमा लिड गरिरहेका छन् ।
यस्तै सत्ता गठबन्धनको तर्फबाट माओवादीका भगत बडुवाल १० हजार ३९८ मत ल्याएर अहिले तेस्रो स्थानमा छन् । केही समय अगाडी बडुवाल पहिलो र अरुण तेस्रो भएका थिए । मतगणनाको अन्तिममा आईपुग्दा अरुण जितको नजिक पुगिसकेको देखिन्छ ।













