कञ्चनपुर २ मा कांग्रेसका एपी साउद निर्वाचित

कञ्चनपुर, ८ मंसिर ।  कञ्चनपुर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका नारायणप्रसाद साउद (एपी साउँद) निर्वाचित भएका छन् । निकतम प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन् ।

लोकतान्त्रिक(वाम गठबन्धनबाट उम्मेदवार बनेका साउदले २८ हजार १ सय मत प्राप्त गरे । धामीले २१ हजार ६४५ मत प्राप्त गरे ।

१ लाख ५ हजार ५७७ मतदाता रहेको क्षेत्र नं. २ मा ६४ हजार ७५२ मत खसेको थियो । जसमध्ये ४ हजार ९२० मत बदर भएको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ ।