कैलाली–१ मा रन्जिता सात हजार मतले अगाडि
धनगढी, ७ मंसिर । कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी सात हजार भन्दा बढी मतले अग्रता बढाएकी छन् । उनले गठबन्धन उम्मेदवार रामजनम चौधरीलाई सात हजार २२४ मतले पछाडि पारेकी छन् ।
३९ हजार ९०६ मत गणना हुँदा चौधरीले १८ हजार ३८३ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याइरेका गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चौधरी ११ हजार १५९ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा प्रदेशतर्फ पनि नागरिक उन्मुक्तिकै उम्मेदवार अगाडि छन् ।













