कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्तिका गंगा चौधरी निर्वाचित
धनगढी,६ मंसिर । कैलाली क्षेत्र नम्बर ३ को मतगणनामा सकिएको छ । यहाँ नागरिक उन्मुक्ति पार्टी निर्वाचित भएको छ । नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरीले २३ हजार १२० मत ल्याउँदै विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्ण कुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन् ।
राप्रपाका वीरेन्द्र बमले ६ हजार ३४२ र नेकपा एमालेका गौरीशङ्कर चौधरीले ९ हजार ८७४ मत पाएका छन् ।
नेपाल मजदुर किसान पार्टीका गंगा देवी पौडेलले १६१ मत प्राप्त गरेकी छिन् । यस्तै नेपाल कम्युनिष्ट पार्टीका परेक बहादुर रावलले ९९० मत प्राप्त गरेका छन् । स्वतन्त्र बाट क्रमश नविन कुमार बोहोराले ४८४ र रमेश आर्चायले २९६ मत प्राप्त गरेका छन् ।
जम्मा मतदाता संख्या १०७,६५९ रहेको यस क्षेत्रमा ६३४४० मत खसेको थियो जहाँ ५९ हजार ७१९ सदर भएको छ भने ४ हजार २१ मत बदर भएको छ ।













