कैलाली-१ मा अग्रता बढाउँदै रञ्जिता श्रेष्ठ
कैलाली, ६ मंसिर । कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले अग्रता बढाउँदै लगेकी छन्।
मंगलबार विहान सम्म १० हजार २५३ मतगणना हुँदा श्रेष्ठले ५ हजार २०१ मत पाएकी छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीले ३ हजार ३७० मत पाएका छन्।
त्यस्तै, नेकपा (एमाले)का तपेन्द्रबहादुर रावलले एक हजार १५१ मत पाएका छन्। एक लाख सात हजार ६७२ मतदाता रहेको यो क्षेत्रमा ६४ हजार ९९९ मत खसेको छ।













