डडेल्धुरामा शेर बहादुर देउवा फराकिलो मतान्तरले अगाडी

डडेल्धुरा, ६ मंसिर । डडेल्धुरामा नेपाली काँग्रेसका उम्मेदवार पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले फराकिलो मतान्तरले अगाडी भएका छन् । शुरुदेखि नै अग्रता कायम गरेका देउवा यतिबेला दुई हजार सात सय ५६ मत सहित अग्रस्थानमा छन् ।

देउवालाई पछ्याईरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले एक हजार पाँच सय २४ मत ल्याएका छन् ।

एमालेको सहयोगमा चुनाव लडेका नेपाली काँग्रेस बीपीका उम्मेदवार कर्ण मल्ल तेस्रो स्थानमा छन् । उनले आठ सय ९९ मत ल्याएका छन् ।