बर्दिया १ मा नागरिक उन्मुक्तिले गठबन्धनलाई पछ्याउँदै

बर्दिया, ५ मंसिर । बर्दिया-१ मा नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका संजय गौतमलाई पछ्याईरहेका छन् । गौतमले ११४५ मत पाउँदा ठाकुरले ११३७ मत पाएका छन् ।

नेकपा (एमाले)का उम्मेदवार लक्ष्मण ज्ञावली ९१० मत पाए भने राष्ट्यि स्वतन्त्र पार्टीका उम्मेदवार प्रवेश भुसाल चौधरी ४८६ मत ल्याएका छन् ।