कैलाली–३ मा गंगारामको अग्रता
धनगढी, ५ मंसिर । कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य तर्फ ८८९६ मतगणना भएको छ । सुरुवाति परिणामअनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी अगाडि रहेका छन्।
उन्मुक्तिका चौधरीको २८३५, नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीको १६१८, नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीको १८८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको १६९४ मत रहेको छ।













