रेशम चौधरीका बुवाले लिए अग्रता
बर्दिया-२ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन्।
अहिलेसम्मको मतगणनामा चौधरीले तीन हजार ४३६ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का सुरेश पन्थले एक हजार ९१० मत पाएका छन्।
नेकपा ९एमाले०का उम्मेदवार पंकजसिंह राठौंर तेस्रो नम्बरमा छन्। उनले एक हजार दुई मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार चौधरी रेशम चौधरीका बुवा हुन्। निर्वाचन आयोगले रेशमको उम्मेदवारी खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टीले लालवीरलाई समर्थन गरेको थियो।













