कैलाली क्षेत्र नम्बर ५ को गणना भोलि हुने

धनगढी, ५ मंसिर । कैलाली क्षेत्र नम्बर ५ को मतगणना भोलि(बुधबार) मात्रै हुने भएको छ ।
मुख्य निर्वाचन कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । मतगणना बिहान ८ बजेबाट सुरु हुनेछ ।

आज भएको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्याको कारण देखाउदै दिउँसो ३ बजेसम्म दलहरूसँग समय मागेका थिए । तर साढे ४ बज्दा समेत मतगणना सुरु नभएपछि नाराबाजी समेत भएको थियो ।

सर्वदलीय बैठकमा सत्तारूढ गठबन्धनले वडागत रूपमा गणना गर्नुपर्ने र एमालेसहितका अन्य दलले सगोलरूपमा गणना गर्न माग गरेपछि विवाद उत्पन्न भएको थियो ।

सोही क्रममा उनी ढलेपछि चिकित्सकलाई बोलाएर स्वास्थ्य परीक्षण गरिएको थियो ।

May be an image of text