कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्तिको अग्रता
कैलाली, ५ मंसिर । कैलालीको निर्वाचन क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाएको छ । १५०२ मतगणना हुँदा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले ६९१ मत पाएर अग्रस्थानमा छिन् ।
रञ्जितालाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरीले ४११ मतसहित पछ्याइरहेका छन् । यस्तै एमालेका तपेन्द्र रावलले १८३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले ८९ मत पाएका छन् ।













