कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टी अगाडी
धनगढी, ५ मंसिर । कैलालीको क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाएको छ । अहिलेसम्म तीन हजार २९५ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले एक हजार १००, गठबन्धनका कृष्ण चौधरीले ८५०, नेकपा एमालेका गौरीशंकर चौधरीले ५५० र राप्रपाका वीरेन्द्र बमले ६५० मत प्राप्त गरेका छन् ।













