कैलाली नम्बर ४ मा बलायरको अग्रता

कैलाली, ५ मंसिर । कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म ७२६ मत गणना हुँदा नेपाली काँग्रेसका वीर बहादुर बलायरअगाडी देखिएका छन् ।

बलायर ३९४ मत प्राप्त गर्दा नेकपा एमालेका लेखराज भट्टले २६८ मत पाएका छन् । यहाँ मोहन्याल गाउँपालिकाको ५ को मतपेटिकाबाट मतगणना सुरु भएको हो ।