कैलालीमा ३ लाख ३७ हजार ३७३ मत खस्यो
कैलाली । कैलालीमा मतदान समपन्न भएको छ। आज सकिएको मतदानमा कुल मतदाताको ६३ प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरि झण्डै ३ लाख ३७ हजार ३७३ मत खसेको हो।
जिल्लामा कुल ५ लाख ३५ हजार ५१४ मतदाता छन्। आइतबार साँझसम्म भएको मतदानमा जिल्लामा ६३ प्रतिशत प्रतिशत मत खसेको हो।













