कृषि जमिनको खण्डिकरण रोक्न मेरो उम्मेदवारी (भिडियो सहित)
नागरिक उन्मुक्ति पार्टीबाट कैलाली ३ का प्रतिनिधि सभाको उम्मेद्बार गंगा चौधरी भजनी नगरपालिका–२ मोहनपुरका गंगा चौधरी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य हुन ।
२०७४ को आम निर्वाचनमा रेशम चौधरीलाई जिताउनका लागि उनले अहोरात्र खटेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसैगरी, २०७२ को थरुहट आन्दोलनमा पनि सक्रिय रुपमा लागेका थिए । उनी पहिलो पटक निर्वाचन लड्दैछन् । कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् ।













