जनताले दिएको अभिमत पूर्ण पालना गर्छौं : प्रधानमन्त्री देउवा
नवलपरासी, २९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले जनताले दिएको अभिमत पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरे। ओलीले दुई/दुई पटक प्रतिनिधिसभा विघटन गरेर जघन्य राजनीति अपराध गरेको देउवाले बताए । देउवाले जनताले नेकपा एमालेलाई दिएको अभिमत केपी शर्मा ओलीले बीचमै घाँटी निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक वहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गरे ।













