एमाले अध्यक्ष फेरि सुदूरपश्चिम आउने
कैलाली, २१ कार्तिक । एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न पुनः सुदूरपश्चिम प्रदेश आउनेभएका छन् । उनले गत शुक्रबार दार्चुलाबाट चुनावी सभाको थालनी गरेका थिए ।
सोही दिन काठमाडौं फर्केका उनी सोमबार गण्डकी प्रदेशका कास्की,बागलुङ र स्याङ्जामा आयोजित चुनावी आमसभालाई सम्बोधन गरेका थिए ।
उनी अब आगामी शनिबार सुदूरपश्चिमका तीन स्थानमा राखिएको आमसभालाई सम्बोधन गर्ने बताइएको छ । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार अध्यक्षले कात्तिक २६ गते बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरिया र ४ बजे कैलालीको लम्कीमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
गत शुक्रबार दार्चुला, बैतडी र कञ्चनपुरको महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गर्नुभएको थियो ।













