कैलालीमा बसबाट खसेर एक जनाको मृत्यु

कैलाली, २१ कात्तिक । कैलालीमा बसबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा घर भएका रुपलाल चौधरीले चलाएको बा५ख ५८७२ नम्बरको बसबाट खसेर बसका साहु लम्कीचुहा – ०१ बस्ने ४४ वर्षीय विष्णु देवकोटाका घाइते भएका थिए ।
टीकापुरबाट धनगढी आउँदै गरेको बसबाट खसेका देवकोटाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।