कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
धनगढी, २१ कात्तिक । कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको भजनी नगरपालिका –६ को नवलपुरस्थित भित्रि सडकखण्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना २ ख १३८१ नम्बरको ट्रकले बा ८६ प ३४८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक भजनी नगरपालिका–६ बस्ने २१ वर्षीय अविशेक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। मोटरसाइकल पछाडि सवार धिरेन्द्र चौधरी समान्य घाइते भएका छन्।
ट्रक र चालक भजनी नगरपालिका–१ घर भएका सनम डगौरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाबारे अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।













