दोधारा चाँदनीमा बङ्गालीको क्लिनिकबाट म्याद नाघेको औषधी फेला
कञ्चनपुर, १८ कात्तिक । कञ्चपुरको दोधारा चाँदनीमा बङ्गालीले सञ्चालन गर्दै आएका दर्ता बिनाको क्लिनिकबाट म्याद नाघेका औषधी बिक्री गरेको भेटिएको छ । दोधारा चाँदनी नगरपालिका वडा नं. १ मिलनचौकमा क्लिनिक सञ्चालन गर्दै आएका भारतका बिसाल गायकले म्याद नाघेको औषधी बिक्री गरेको भेटिएको हो ।
कञ्चपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं.१ पशुपती टोलका स्थानीय सर्जन सार्कीले, आफुलाई रुघा खोकी लागेकोले हिजो उपचार गराउन जाँदा गायकले एसेक्लोफिनान्स प्यारा सिटामोल लगायत म्याद नाघेको औषधी दिएको बताए ।
उनले भने, ‘आफु केही नजान्ने भएकोले बिसाल गायकले दिएको एसेक्लोफिनास र प्यारासिटामोल औषधी लिएर घरमा जान लागेको थिए । मेरो भाइले यो के को औषधी हो दाइ भनेर हेरेपछि बिसालले आफुलाई एक महिना अघिनै म्याद नाघेको औषधी दिएको रहेछ ।’
सार्की आफ्ना आफन्त बिरामी हुँदा सधै त्यहि क्लिनिकमा उपचार गराउँछ । आफुलाई औषधीको म्यादबारे केहि थहाँ नभएपछि जुन औषधी दियो त्यहि खाने गरेको बताए ।
दोधारा चाँदनी नगरपालिका वडा नं.–१ पशुपति टोलका स्वास्थ्यकर्मी गङ्गादत्त अवस्थीका अनुसारे बङ्गालीले झण्डै बीस वर्ष देखि नै मिलनचोक बसेर गैर कानुनी रुपमा औषधी बिक्री वितरण गर्दै आएको छ ।
वर्षैदेखि क्लिनिक चलाउदै आए औषधी पसलहरुमा पनि सरकारले समय समयमा अनुगमन गर्न जरुरी छ । होईन भने म्यान नाघेका औषधी मात्रै होईन, अन्य गैरकानूनी कामपनि हुन सक्ने स्थानीयको भनाई छ ।













