सडक छेउका संरचना हटाउन धनगढी उपमहानगरले डोजर चलायो
धनगढी, १६ कात्तिक । धनगढीको मुख्य सडक छेउका संरचना हटाउन उपमहानगरपालिकाले डोजर चलाएको छ।
कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५–१५ मिटर सडक विस्तार सुरु गर्ने क्रममा पहिलो चरणमा सरकारी संरचनामाथि डोजर चलाएको उपमहानगरपालिकाले जनाएको छ ।
सडक विस्तार गर्न उपमहानगरका मेयर गोपाल हमाल आफैं फिल्डमा खटिएका छन् । अहिले सडक विस्तारको क्रममा १५ मिटर भित्र पर्ने सेती प्रादेशिक अस्पतालको संरचनामा उपमहानगरले डोजर चलाएको छ । कैलाली पुलदेखि क्याम्पसचोकसम्मको दुरी करिब २ किलोमिटर रहेको छ ।













