विद्युत सर्ट भएर पसलमा आगलागी, एक करोड बढीको क्षति

कैलाली १३ कार्तिक । कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारमा विद्यूत सर्ट हुँदा छ वटा पसलमा आगलागी भएको छ । आगलागी भएर एक करोड १३ लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

हिजो साँझ करिब साढे ७ बजे हिमाल मोबाइल ग्यालरीमा विद्युत सर्ट भइ आगो लागेको थियो । आगो नियन्त्रण नभएपछि अरु पसलमा पनि आगलागी भयो ।

आगलागीबाट दुई वटा मोबाइल पसल, एउटा हार्डवेयर पसल, दुई वटा किराना पसल र एउटा होटलमा आगो लागेको प्रहरी कार्यालयले बताएको छ । आगो नियन्त्रणमा सुरक्षाकर्मी स्थानीय समुदाय, गोदावरी र घोडाघोडी नगरपालिकाको दमकलको सहयोगमा ८:१० बजे नियन्त्रणमा लिएका थिए ।