हारको बदला दिने योजनामा एनपी साउद, फेरी बाधक बन्लान् त नरबहादुर ?

कञ्चनपुर, ९ कात्तिक । २०७४ सालको निर्वाचनमा एमालेका नरबहादुर धामीसंग पराजित भएका पूर्वमन्त्री एनपी साउँद अहिलै संगै चुनावी मैदानमा उत्रिएका छन् ।

कञ्चनपुर क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनबाट उम्मेदवार बनेका साउँद जनताको विश्वास जितेर स्थित सरकार बनाउन जनताको घरदैलो सम्म आफ्नो एजेण्डा बाड्दै हिडेका छन् ।

उसो त गत चुनावमा नरबहादुर धामीले साउदलाई ८ हजार ३ सय २७ मतान्तरले पराजित गरेका थिए । जुन बेला धामीले ३३ हजार २ सय २० मत ल्याउँदा कांग्रेसका साउँदले २४ हजार ८ सय ९३ मत ल्याएका थिए । तर साउँद भन्छन् ‘हामी भर्खरै सम्पन्न स्थानीय तहको मत परिणामामा त्रिपल मतले अगाडी छौं । जुन कारण यो निर्वाचनमा पनि हाम्रो जित सुनिश्चत छ ।’

यस क्षेत्रमा शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र कृष्णापुर नगरपालिका पर्छ । तिन वटै पालिकाको प्रमुखको मत परिणाम हेर्दा काँग्रेसको २४ हजार ६७६ माओवादीको १३ हजार ४२५ समाजवादीको ३ हजार ८९८ छ भने ऐमालेले १६ हजार ४३९ मत प्राप्त गरेको छ । यो परिणाम होर्दा साउँदको पल्ला नै भारि देखिन्छ ।

उनले अघिल्लो पटक जितेर गएका सांसदहरुले गर्न नसकेको काम गरेर देखाउनकोलागि पनि यस पटक जित्न आवश्यक रहेको बताए । उनले आफू मन्त्री हुँदापनि यस क्षेत्रकोलागि थुप्रै काम गरेको बताउँदै बाँकी रहेका अधुरा कामलाई सम्पन्न गर्न जनताले पक्कैपनि विजय गराउने छन् भन्नेमा ढुक्क रहेको बताउँछन् ।

पूर्व मन्त्री साउँदले बाढीपीडित र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितका समस्यालाई चुनावी मुद्दा बनाएको छन् । निकुञ्ज पीडितको बसोबासको व्यवस्था, हात्ती आतंक तथा रोकथाममा ध्यान दिने छाडा चौपायाको व्यवस्थापन लगायत मुद्दालाई प्राथमिकतामा रखेको छन् । त्यस्तै, सडक सञ्जाल विस्तार र नदी कटान रोकथाम पनि उनको एजेण्डा बनेको छ ।

उता साउँदको प्रतिस्पर्धी नरबहादुर धामीपनि आफ्नो जित पक्क रहेको दाबी गर्छन् । उनले भने ‘कञ्चनपुरको हकमा स्थानीय निर्वानकोबेला पनि गठबन्धन थिएन, यस पटक पनि गठबन्धन छैन । समाजवादी अहिलेपनि एक्लै उभिएको छ । माओवादी र काँग्रेसले गरेको तालमेल प्रति जनता उत्रिकैपनि रुष्ट छन् ।’ त्यसैले गठबन्धनबाट आफूलाई कुनै खाले डर नरहेको बताउँछन् ।

उनले मुक्त कमैया, सुकुम्बासी र आरक्ष विस्थापितको समस्यालाई समाधान, विकास निर्माणका अधुरा योजनालाई सम्पन्न पार्न जनताले आफूलाई बहुमतले विजय गराउनेछन् भन्नेमा ढुक्क रहेको बताए ।

उनले गरिब जनताको सीपमा लगानी, प्राविधिक शिक्षा, दैजी औद्योगीक क्षेत्र सञ्चालन, दुत मार्गको कालोपत्रे, विषयगत शिक्षकको दरबन्दी लगायत प्रत्येक पालिकामा १५ शैयाको अस्पताल सञ्चालनलाई व्यवस्थित गर्ने एजेण्ड बोकेर जनताको घरदैलो सम्म पुगेको छन् ।