तिहार लागेसंगै बजार चहलपहल, व्यापारमा मन्दी (फोटो)
अनिता चौधरी कैलाली, ७ कात्तिक । नेपालीहरुको महान चाड शुभ दीपावली शुरु भएसंगै धनगढीका बजारमा तिहारको सामान किन्नेको भिड बढेको छ । तिहार लागेसंगै धनगढीको मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भिड देखिएको हो । पसलका अगाडी समेत तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीं बेच्न राखिएका छन् ।

विशेषगरी तिहारमा बालिने झिलीमिली बत्तीको सोचे अनुसार व्यापार नभएको क्याम्पसचोकमा झिलीमिली बत्ती र बिजुलिका व्यापार गर्दै आएका बलबहादुर राना बताउछन् । अरु बर्ष आफुले ५ देखि ६ लाख सम्मको व्यापार गर्दै आएकोमा, यो बर्ष ३ लाख को व्यापार पनि नभएको उनी दुखेसो पोख्छन् । यो बर्ष बेमौसमी बर्षा र बाटो निर्माणधिन अवस्थामा रहेकोले ग्राहकहरु पसलसम्म नआउने उनी बताउँछन् ।

विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्ने मानिसहरु धनगढीका मुख्य बजार बसपार्क चोक, एल एन चोक, पार्कमोड, क्याम्पस चोक लगायतका क्षेत्रमा बढी आउने गर्दछन् । लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, फूलमाला, कपडा, ढाकाटोपी, ओखर, मिठाईका परिकार र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल धनगढीका बजारमा जताततै देख्न सकिन्छ ।
यस्तै, भाइटीकाका लागि चाहिने सगुनहरुको पनि किनमेल बढेको छ। देशभरका बजारहरुमा पनि तिहारमा चाहिने सामान किन्नेहरुको चहलपहल बढेको देखिन्छ ।