सामाजिक सेवामा क्रियाशील ‘गोठु’ नागरिक उन्मुक्तिबाट प्रदेश उम्मेदवार

कैलाली । कैलालीको क्षेत्र नं. ५(२) बाट धनगढी नगरपालिका का ५५ वर्षीय गोठु चौधरी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धामा गठबन्धनबाट नेपाली काँग्रेसका प्रकाश देउवा, नेकपा एमालेबाट दुर्गा जोशी र स्वतन्त्रबाट क्षितिज भण्डारी चुनावी मैदानमा उत्रिएका छन् ।

गोठु यस क्षेत्रका धर्तीपुत्र रहेकोले यस क्षेत्रको विकासका लागि सामाजिक अभियन्ता भएर विगत दूई दशकदेखि नै काम गर्दै आइरहेको बताउँछन् । उनी काम गर्ने क्रममा यहाँ थारु पहाडी दुबै समुदायका जनतालाई मिलाएर लैजाने भएकोले यस क्षेत्रकोलागि उनीलोकप्रिय बनेको बताउँछन् ।

को हुन् गोठु ?

५५ वर्ष अगाडी बुवा भागीराम डगौरा थारु र आमा बंग्री डगौरा थारुको कोखबाट जन्मेका गोठु चौधरी २०४६ सालको १९ दिने आन्दोलनबाट राजनीतिक क्षेत्रमा सहभागि भए । उनी राजनीति बुझ्दै जाँदा २०५५ सालमा नेपाली काँग्रेसको साधारण सदस्य भएर समाज सेवामा क्रियाशील भए ।

धनगढी ५ तारानगरमा जन्मेका गोठु त्यस क्षेत्रकालागि लोकप्रिय पात्रको रुपमा चिनिन थालेपछि गाउँबासीले उनलाई २०६१ सालमा तारानगर सामुदायक वनको अध्यक्षको जिम्मेवारी सुम्पिदिए । उनी १० वर्ष सम्म सामुदायक वनको अध्यक्ष भएर तारानगर बासीको मन जित्न सफल भए ।

गाउँलेकै सल्लाहमा उनलाई २०७१ सालमा भल्मन्साको जिम्मेवारी दियो । उनी लगतार ३ वर्ष सम्म भल्मन्सा भएर काम गरे । यस दौरानमा उनले सकैके पनि चित्त नदुखाएको बताउँन । उनका काम र कर्तव्य देखेर गाउँलेहरु उनलाई हाल सम्म भल्मन्साकै जिम्मेवारी सुम्पिएका छन् ।

उनी भन्छन् ‘यस अवधिमा मैले समाजलाई कुनैपनि सवालमा विभाजित गरिएन, विकास निर्माणको काममा पनि सबैसंग समन्वय र सहकार्य गरेर अगाडी बढे । यस क्षेत्रको विकासकालागि मेरो ठूलो योगदान छ, यहाँका मतदाताले मलाई राम्रोसंग बुझेका छन् ।’

सुशासन र पहिचानकोलागि उनी आफ्नो उम्मेदवारी दिएको सुनाउँछन् । उनले नागरिक उन्मुक्ति पार्टी न्यायको वकालत गर्दै मतदाताको घरदैलो सम्म पुगेको बताउँछन् । उनले आफ्नो क्षेत्रका सरकाररी विद्यालयमा अध्ययनरत लक्षित वर्गका विद्यार्थीलाई छात्राबृतिसंगै शिक्षामा सुधार ल्याउँने गुणस्तर शिक्षाको पहल गर्ने पहिलो एजेण्डा हो ।