‘प्रतिगमनको विरुद्धमा गठबन्धनको जित हुन आवश्यक’

कैलाली । संविधान बचाउन र विकासका लागि गठबन्धन गरिएको लोकतान्त्रिक गठबन्धन दलका शीर्ष नेताहरुले बताएका छन् । धनगढीमा आयोजित संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन । संविधान कुल्चने, गणतन्त्रलाई उल्ट्याउने चेष्टा भएपछि प्रतिगमनको विरुद्धमा गठबन्धन गरेको बताए ।

धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रात्मक संधिय प्रणालीलाई बचाउन गठबन्धन आवश्यकता परेको बताए । उनले संघीयता बचाउन र विकासका निर्माणको संरक्षणकोलागि गठबन्धनको जित आवश्यक रहेको बताए ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले गठबन्धन दलका उम्मेदवारहaरूलाई जिताउन सबैमा आह्वान समेत गरे । चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै उनले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको तर्क दिए ।

‘२००७ सालदेखि लडाई लड्दै लाएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ । यस्तै उनले देश गम्भीर मोडमा उभिएको बताएका छन् ।’

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते निर्वाचनलाई प्रतिगमन र अग्रगमन चाहनेबीचको महासंग्राम हुने बताए । उनले एकातिर अग्रगमन चाहने ५ दलीय गठबन्धन र अर्कोतिर प्रतिगमन चाहने गठबन्धनबीच आगामी निर्वाचनमा प्रतिस्पर्धा भइरहेको बताए ।

अध्यक्ष प्रचण्डले भने ‘देशमा अर्को पनि गठबन्धन छ । उसको लगगै विचार छ । संस्कृति छ । तपाईहरु अनुहार चिन्नुभएको नै छ । त्यसले कहीँ न कहीँ चाहेको छ, गणतन्त्रलाई उल्ट्याउने । संघीयतालाई कमजोर पार्ने त्यसप्रकारको गठबन्धन छ र त्यससँग हाम्रो बहस भइराख्या छ ।’ संविधान, गणतन्त्रको रक्षाको लागि वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने उनको भनाई थियो ।

त्यस्तै, अध्यक्ष प्रचण्डले गठबन्धन दल विजयी भए पहिलो एजेण्डा नै आर्थिक क्रान्ति हुने बताएका छन् । जिते लगत्तै आफूहरुको ध्यान आर्थिक क्रान्ति, रोजगारी सिर्जना, आर्थिक समृद्धि, राजनीतिक परिवर्तनलाई दीगो बनाउनमा केन्द्रीत हुने बताए ।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमार्फत प्रतिगामीहरूलाई परास्त गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सत्ता गठबन्धन एकजुट भएर चुनावमा होमिन आवश्यक रहेको तर्क दिए ।

‘म कांग्रेस हुँ, म माओवादी हुँ, म समाजवादी हुँ भनेर हुँदैन । हामी सबैले एक भएर अगाडि बढ्नुपर्छ । प्रतिगामीहरूलाई हराउँदै हामी जित्नुपर्छु,’ नेपालले भने ।