पछाडी पारिएको वर्गलाई शिक्षामा प्रोत्सहान गर्नुपर्छ : प्रदेश उम्मेदवार गीता

कञ्चनपुर, ४ कार्तिक । कञ्चनपुरकी २९ बर्षिय गीता चौधरी सुदूरपश्चिम प्रदेश सभा सदस्य बन्ने दौरमा छिन् । उनी कञ्चपुर निर्वाचन क्षेत्र नं. २ (१) बाट नागरिक उन्मुक्ति पार्टीको प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छिन् ।

२०७४ सालमा नेपाल ल क्याम्पसबाट २५ बर्षको उमेरमा नै एलएलएम (स्नातकोत्तर) प्रथम श्रेणी पास गरेकी चौधरीको दैनिकी मतदाताको घरदैलोमा बितिरहेको छ । उनी मतदाताहरुसंग न्याय र पहिचानको मुद्दासंग सँगै थारु र बहाडी विचको समानता, महिला समावेशी र पछाडी परेका वर्गलाई शिक्षामा प्रोत्साहन जस्ता सवाल लिएर मतदातालाई रुझाई रहेकी छिन् ।

२०६२ सालमा कक्षा ९ मा पढ्दै गर्दा अनेरास्ववियुबाट राजनीति शुरुवाट गरेकी चौधरी इकाई जिल्ला हुदै केन्द्रीय सदस्य सम्म रहेका काम गरेको अनुभव छ । उनी पढाईको शिलशीलामा काठमाडौं बस्दा पनि सामाजिक अभियानलाई संगै दोर्याएर थारु, महिला दलित तथा सिमान्तकृत समुदायको सवालमा संधै आफ्नो कदम चालिरहिन् ।

उनको अनुभव थारु विद्यार्थी समाजकोे केन्द्रीय उपाध्यक्ष, युथ एडभोकेसी नेपालको महासचिव, राष्ट्रिय युवा परिषदको निवर्तमान सदस्य भएर काम गरेकाी छिन् । उनले भनिन् ‘समाज परिवर्तनकोलागि राजनीतिकरुपले पनि नेतृत्व तहसम्म पुग्नुपर्छ । सामाजिक अभियन्ता भएर मात्रै अवाज बुलन्द हुदैन ।’

उनले बिगतदेखि महिला, युवा, कमैया, आदिवासी जनजाती र व्यवसायकोे मुद्दा उठाँदै आएपनि यी सवाललाई राजनीति तबरबाट मात्र सम्भव हुने भएकोले आफू प्रदेश सभाको उम्मेदवार बनेको बताउँछिन् ।

जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक पहिचान सहितको मुद्दा सम्बोधन गर्ने उनको प्रमुख उद्देश्य छ । साथै जलवायू परिवर्तन, दिगो विकास, महिला र युवाकोे नेतृत्व स्थापित गर्नुका साथै भष्ट्राचार मुक्त समाजकोलागि निरन्तर वकालत गर्ने संकल्प बोकेर चुनावी मैदानमा उत्रिएकी उनी सुनाउँछिन् ।