बाढीपीडितलाई चामल बाँडेपछि आयोगले सोध्यो मन्त्री चौधरीसंग स्पष्टीकरण
काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले बाढीपीडितलाई चामल बाँडेपछि निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले निर्वाचन आचारसंहिता उल्लंघन हुँदैन भन्ने स्पष्ट जवाफसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले आइतबार मन्त्री चौधरीलाई निर्देशन दिएको हो ।
ुनिर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुनेु भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लंघन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ,ु आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेल आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
नेकपा एकीकृत समाजवादीका नेता रहेका मन्त्री चौधरी दाङ निर्वाचन क्षेत्र नम्बर १ मा आगामी मंसिर ४ गतेको निर्वाचनका लागि उम्मेदवार छन् ।













