लेहंगा फरियम देख्थु तुहि भन्ने गित को म्युजिक भिडियोमा

कैलाली । गायक राजु चौधरी (राज) को दुई दशक पहिला रेकर्ड गरिएको एल्बम सोला सिंगार को लेहंगा फरियम देख्थु तुहि भन्ने गित को म्युजिक भिडियो को छायांकन सम्पन्न भएको छ ।

कैलारी गाउपालिक वाडा न ७ बसौती गाउमा छायांकन गरिएको म्युजिक भिडियोमा थारु मेघा स्तार नायक संगत थारु र बिरा फिल्मका नायिका समु चौधरीकोसंगै गायक राजु चौधरी(राज) स्वयम पनि अभिनय गरेका छन् ।

गायक राजुले यो गित बहुचर्चित रहेको बताउँदै म्युजिक भिडियोमा ल्याएको बताउँछन् । भिडियो मा थारु मुङग्रहुवा नाच र सखिया नाचलाई पनि स्थान दिएको छ । छायांकनमा निर्देशक सुध राम दहितको निर्देशन रहेको छ भने कोरियो ग्राफी आदर्श महतो र छायांकन संपादन दया शंककर चौधरीले गरेका छन् ।