मतदाता शिक्षालाई बृहत्तर बनाउन आयोगको तयारी
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरि मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ ।
आयोगको कार्यालय बहादुर भवनमा आयोजित ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमको उद्घाटनमा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले प्रशिक्षण प्राप्त पश्चात प्रशिक्षार्थीले मतदातामा व्यापक जागरण ल्याउने बताईन् ।
“निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन जनशक्तिको भूमिका महत्वपूर्ण हुन्छ ।”, आयुक्त डा. तुलाधरका अनुसार यस्तो भूमिकामा सबै सक्रिय हुनेछन् ।













