बेपत्ता छानबिन आयोगको म्याद थप

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप गरिएको छ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दुवै आयोगको म्याद आगामी २०८० असार मसान्तसम्म थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

यसका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम म्याद थप गर्न बाध अड्काउ फुकाउको आदेश जारी गरिने भएको छ।