शिक्षकलाई पाठ्यक्रममा आधारित क्षमता विकास तालिम

कैलाली । आधारभूत तह (कक्षा १–३) को एकिकृत ढाँचाको पाठ्यक्रममा आधारित सात दिने शिक्षक क्षमता विकास तालिम सुरु भएको छ ।
नेपालमा प्रारम्भिक बालशिक्षा र विकासको सवलीकरणका लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड कार्यान्वयन परियोजना अन्र्तगत शिक्षक क्षमता विकास तालिम सञ्चालन भएको हो ।

तालिमको उद्घाटन गर्दै कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी संख्या घट्ने क्रमसँगै विद्यालय समायोजन पनि भइरहेको बताए । उनले शिक्षा क्षेत्रमा कसरी सुधार गर्न सकिन्छ भन्ने सवालमा सबै गम्भीर भएर सोच्न जरुरी रहेको बताए ।

अहिले मुख्य जिम्मेवारी शिक्षकहरुको छ,’ उनले भने, ‘सामुदायिक विद्यालयमा निःशुल्क रुपमा पठनपाठन हुन्छ भन्ने गर्छौ । तर सरकारको लगानी हेर्दा सामुदायिक विद्यालय महगों शिक्षाको रुपमा देखिन्छ । कुन विद्यालयमा कस्तो समस्या छ भन्नेबारे हामी पनि सचेत छौं ।’

सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको आयोजनामा सामाजिक विकास मन्त्रालय शिक्षा तालिम केन्द्र दिपायल डोटीको सहकार्य तथा कैलारी गाउँपालिका, पिसविन नेपाल कैलाली (शान्तिदिप) र युनिसेभको संयूक्त सहयोगमा तालिम सञ्चालन भईरहेको छ ।